काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने सहमति | Khabarhub Khabarhub

काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने सहमति


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

जसपाका शीर्ष नेताहरु र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा भएको भेटवार्तामा तत्काल संसद अधिवेशस बोलाउन माग गर्ने सहमति भएको हो ।

शनिबार जसपाका नेताहरु देउवासँग भेट गर्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।

त्यस्तै छलफलमा संसदमा भएका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए ।

उनले भने, ‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता समाजवादी पार्टीलाई बोलायौँ । आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भयो । आउने अधिवेशन विपक्षी समन्वय गर्दै प्रभावकारी रुपमा प्रस्तुत हुन्छौँ ।’

यसैगरी संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग गर्ने विषयमा छलफल भएको उनले बताए ।

कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी भएका थिए भने जसपाका तर्फबाट संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो उपस्थित भएका थिए ।

उनीहरुबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने समझदारी भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

कांग्रेसले यसअघि नै संसद अधिवेशन बोलाउन माग गर्दै आएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ४१ बजे

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल