सवारीसाधनमा चैत ११ अघिकै भाडादर लागु हुने | Khabarhub Khabarhub

सवारीसाधनमा चैत ११ अघिकै भाडादर लागु हुने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागु हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको हो ।

असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

सार्वजनिक सवारी साधनको सिट क्षमता अनुसारको यात्रु बोक्न पाउने र भाडादर बन्दाबन्दी हुनुअघि अर्थात चैत ११ गते अगाडिकै कायम रहने मन्त्रिपरिषद्को निर्णय रहेको उनले बताए ।

त्यस्तै, आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागु गरिएको छ । आन्तरिक हवाई उडानमासमेत सिट क्षमता अनुसार यात्रु बोक्न सक्ने र भाडादर भने चैत ११ अघिकै कायम गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ३१ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त