आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै | Khabarhub Khabarhub

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नई चौथो जितको खोजीमा हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

राजस्थानलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ ।

यस्तै चेन्नई सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानसँग चेन्नई १६ रनले पराजित भएको थियो ।

तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउँन चेन्नईलाई कठिन हुनेछ । पुछारमा रहेको राजस्थान पनि चेन्नईलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ । राजस्थान पनि चौथो जित निकाल्ने योजनामा हुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : १५ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि