राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान | Khabarhub Khabarhub

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

शुक्रबार सार्वजनिक भएको पदक पाउनेहरूको नामावलीमा राखेप सदस्यसचिव रमेश शिलवालसहित खेल क्षेत्रका १० जना पनि छन् ।

उनीहरूलाई जनसेवा प्रवलबाट सम्मानित गरिने भएको हो । सम्मानित हुनेमा सिलवालसहित, राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कीर्तिमानी खेलाडी संगिना वैद्य र तेक्वान्दो प्रशिक्षक तुलसी कुमार गौतम छन् ।

सदस्य सचिव सिलवाल सुप्रबल जनसेवा श्री सम्मानबाट सम्मानित हुनेछन् भने बैद्य, प्रशिक्षक गौतम र प्रशासन विभाग प्रमुख थापा प्रबल जनसेवा श्रीबाट सम्मानित हुनेछन् ।

१३औं दक्षिण एसियाली खेलकुदलाई सफल पार्न योगदान पुर्‍याए बापत सदस्य सचिव सिलवाल र प्रशासन विभाग प्रमुख सम्मानित हुन लागेका हुन् । थापा सागमा समारोह समितिका संयोजक थिए ।

यस्तै, नेपाली सेनाको खेलकुद विभाग प्रमुख शसी किरण रायमाझी अति पौरख भाष्कर मानपदवीबाट सम्मानित हुने भएका छन् ।

नेपाल पुलिस क्लबका वीरबहादुर महरा, विकास थापा र पुलिस क्लबको खेलकुद समितिका सरु कार्की र सुनिता महर्जन नेपाल प्रताप भूषणबाट सम्मानित हुने भएका छन् ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबबाट किरण सिंह बोगटी रजवार सुकिर्ती पदकबाट सम्मानित हुनेछन् । उनी एपीएफको खेलकुद तथा शारीरीक सुगठन शिक्षालयमा कार्यरत छन् ।

अघिल्लो वर्ष नेपाली खेलकुदका १७ जनालाई सम्मानित गरिएको थियो । नयाँ वर्षका दिन प्रदान गरिने पदक कोरोना महामारीले अघिल्लै वर्षमा घोषणा गरिएकाले अहिलेसम्म पाउन सकेका छैनन् । अब अघिल्लो वर्ष र यो वर्ष सम्मानित हुने सबैलाई एकै पटक राष्ट्रयपतिबाट विभूषण प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : १८ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा