न्यून चापीय रेखाको प्रभाव कायमै, लमजुङमा 'अति भारी' वर्षापछि सतर्क रहन आह्वान | Khabarhub Khabarhub

न्यून चापीय रेखाको प्रभाव कायमै, लमजुङमा ‘अति भारी’ वर्षापछि सतर्क रहन आह्वान


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले गण्डकी र प्रदेश ५ का अधिकाश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही गण्डकी र प्रदेश ५ मा मध्यम स्तरको वर्षा भइरहेको छ । अरू प्रदेशका पनि केही स्थानमा सामान्य वर्षा भएको छ ।

लमजुङमा भने ५ घण्टादेखि भारी वर्षा भएकाले सतर्क रहन आह्वान गरिएको छ । नेपाल बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार लमजुङको बेसिशहर, खुदीबजार लगायतका स्थानमा निकै ठूलो वर्षा भएकाले ती क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ०० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ