५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माणको तयारीमा जुटेका छौँ : मेयर शाक्य | Khabarhub Khabarhub

५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माणको तयारीमा जुटेका छौँ : मेयर शाक्य


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिए ।

शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गरेका छन् ।

‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टिन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

‘हाल महामारीका रुपमा फैलिदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण विश्व नै अहिले आक्रान्त बनेको छ । आजका दिनसम्म नेपालमा मात्रै अहिलेसम्म २८ हजार ९ सय ३८ बढी संक्रमित भइसकेका छन् । कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

हालसम्म प्राप्त पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौँ महानगरमा मात्रै करीब १ हजार ६८ बढी संक्रमित फेला परेका छन् ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ । ‘त्यस्तो समस्यामा परेका उपत्यकावासीलाई १०२ मा सम्पर्क गरी सेवा लिन पनि आग्रह गर्दछ,’ विज्ञप्तिमै भनिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : ५३ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा