पीएसजी पहिलोपटक च्याम्पियन्सलिग फाइनलमा | Khabarhub Khabarhub

पीएसजी पहिलोपटक च्याम्पियन्सलिग फाइनलमा


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलमा आरबी लाइप्जिगलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले राम्रो नतिजासहित जीत निकाल्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग फाइनल पुगेको हो।

पीएसजीको जीतमा माक्युनहोस, एन्जल डि मारिया र जउन बर्नेटले समान एक एक गोल गरेका थिए।

खेलको १३ औं मिनेटमा मार्क्युनहोसले, ४२ मिनेटमा डि मारियाले गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए।

२-० को सन्तोषजनक नतिजासहित दोस्रो हाफमा मैदान उत्रिएको पीएसजीका लागि जउन बर्नेटले ५६ मिनेटमा गोल गर्दै टीमलाई जीत दिलाएका हुन्।

यसबीचमा लाइपजिगले गोल फर्काउने अवसर शृजना गरेपनि पीएसजीको रक्षापङ्ती बलियो भएपछि गोल गर्न सकेन।

अब फाइनलमा बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पीएसजीले उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ४५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई