बा, तिमीलाई कसले बनायो ? | Khabarhub Khabarhub

बा, तिमीलाई कसले बनायो ?



कविता

न कहिल्यै आँखामा आँसु,
न त कुनै गुनासो मनमा,
न थकान कहिल्यै आङमा,
न निन्द्रा प्यारो आधा रातमा ।
केवल एकजोर जडाउरीले छोपेको
मेरा बाको सिङ्गो शरीरमा ।

तिमीलाई चाहिने सामान बजारभरी छ, भारी छ,
तर घर फर्कंदा सधै तिमी भन्छौ, आज पनि बजारमा खाली छ ।
मलाई थाहा छ बा, मेरो रोजाईको चुइचुईं बज्ने चप्पल किन्न,
अथक प्रयत्न गर्दा पनि बाध्य भयौ आफ्नो मन मार्न ।

आधा कप चिया त दुई घुट्किमै सकिन्छ,
तर बा, त्यसमा नि तिमीले दुई भाग लगायौ ।
मैले भोक लाग्यो भन्दा आफ्नै गाँस काटेर पनि हर रात तिमी अघायौ ।
मैले बोलेर माग्न जान्नु अघि नै तिमीले मेरा हर रहर पूरा गर्‍यौ ।

ज्वरोले थलिएको दिन मेरा बा, तिमीले
मलाई शितल बनाउन, पङ्खा किनी ल्यायौ ।
तिम्रा जडाउरी लुगा उध्रिँदा समेत पहिले तिमीले
मेरा लागि नयाँ कपडा सिलायौ ।
अक्षर नचिनेका तिमीले
मलाई कसरी अफिसको सर बनायौ ।

आज बुझ्दै छु बा,
हिमाल भन्दा ठुलो तिम्रो स्नेहको अगाडि,
तिम्रो प्रेम र बलिदानको उपलब्धिमा
मैले ओढेको पहिचानलाई तिमीले मेरै मेहनतको मोहर लगादियौ ।
भगवान्ले त मागेपछि दिन्छन् रे,
तर नमागी दिने तिमीलाई कसले बनायो ?

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ५० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही