बा, तिमीलाई कसले बनायो ? « Khabarhub

बा, तिमीलाई कसले बनायो ?



कविता

न कहिल्यै आँखामा आँसु,
न त कुनै गुनासो मनमा,
न थकान कहिल्यै आङमा,
न निन्द्रा प्यारो आधा रातमा ।
केवल एकजोर जडाउरीले छोपेको
मेरा बाको सिङ्गो शरीरमा ।

तिमीलाई चाहिने सामान बजारभरी छ, भारी छ,
तर घर फर्कंदा सधै तिमी भन्छौ, आज पनि बजारमा खाली छ ।
मलाई थाहा छ बा, मेरो रोजाईको चुइचुईं बज्ने चप्पल किन्न,
अथक प्रयत्न गर्दा पनि बाध्य भयौ आफ्नो मन मार्न ।

आधा कप चिया त दुई घुट्किमै सकिन्छ,
तर बा, त्यसमा नि तिमीले दुई भाग लगायौ ।
मैले भोक लाग्यो भन्दा आफ्नै गाँस काटेर पनि हर रात तिमी अघायौ ।
मैले बोलेर माग्न जान्नु अघि नै तिमीले मेरा हर रहर पूरा गर्‍यौ ।

ज्वरोले थलिएको दिन मेरा बा, तिमीले
मलाई शितल बनाउन, पङ्खा किनी ल्यायौ ।
तिम्रा जडाउरी लुगा उध्रिँदा समेत पहिले तिमीले
मेरा लागि नयाँ कपडा सिलायौ ।
अक्षर नचिनेका तिमीले
मलाई कसरी अफिसको सर बनायौ ।

आज बुझ्दै छु बा,
हिमाल भन्दा ठुलो तिम्रो स्नेहको अगाडि,
तिम्रो प्रेम र बलिदानको उपलब्धिमा
मैले ओढेको पहिचानलाई तिमीले मेरै मेहनतको मोहर लगादियौ ।
भगवान्ले त मागेपछि दिन्छन् रे,
तर नमागी दिने तिमीलाई कसले बनायो ?

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ५० बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ