‘अबको तीज नो व्रत प्लिज’ सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

‘अबको तीज नो व्रत प्लिज’ सार्वजनिक (भिडियो)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको रौनक नजिकिँदै गर्दा गायिका सोफिया थापाले तीजको गीत बजारमा ल्याएकी छिन् ।

‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि गायिका थापाकै रहेको छ ।

गीतमा महिला र पुरुष बराबर भएको भन्दै अबको तीजमा ब्रत नबस्न गीतमार्फत आह्वान गरिएको छ ।

‘हाम्रो परम्परागत सोच र संस्कारलाई समयअनुकुल रुपान्तरण गर्दै लैजान सक्नुपर्छ, वर्तमान अवस्थामा पनि धेरै महिला श्रीमानको दीर्घायुको कामना गर्दै पानी पनि नपिई व्रत बस्ने संस्कार स्वास्थ्य र समानता दुवैका हिसाबले गलत छ,’ गायिका थापा भन्छिन् ।

यस्तै गीतको भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिषा गौतम, वविता धिताल, प्रियंका थापा लगायतले नृत्य गरेका छन् ।

लोकेन्द्र शाहको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन मनिष पन्तले गरेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ०४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार