यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम | Khabarhub Khabarhub

यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले सामाजिक दूरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत (० %) फाइनान्स स्किम शुरु गरेको छ ।

‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ ।

यो स्किम अन्तर्गत ग्राहकले तीन वर्षअवघिका लागि शुन्य प्रतिशत (० %) डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले शुन्य प्रतिशत (० %) ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन् । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको जनाइएको छ ।

‘यो दुर्भाग्यको कुरा हो कि कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त छ । आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने ।

साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको शुरुवात समेत गरेको छ । यसबारे विस्तृत विवरण www. yamaha.com.np र यामाहाको सामाजिक सञ्जाल पेजमा उपलब्ध रहेको यमाहाले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : ३७ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्