जीप पल्टिँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

जीप पल्टिँदा एक जनाको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ ।

मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४ खहरे जाँदै गरेको बा१ख ८६३६ नंको उक्त बोलेरो जीप आज सडकबाट एकसय मिटर तल खस्दा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम