हुम्लामा भारतबाट फर्किएका नौ जनाको स्वाब रिर्पाेट नेगेटिभ | Khabarhub Khabarhub

हुम्लामा भारतबाट फर्किएका नौ जनाको स्वाब रिर्पाेट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला-  हुम्लाबाट सुर्खेत पठाइएका नौ वटा शंकास्पद स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

पिसिआर परीक्षण जिल्लामा नहुदा सुर्खेतमा पठाइएका ती स्वाबहरु परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो ।

भारतका काम तथा ब्यापार गरि जिल्ला भित्रिएर क्वारेन्टाईनमा बसेका नौ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि सुर्खेत पठाइएको र ती स्वाबहरुको सुर्खेतमा परिक्षण हुदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए ।

यस अघि जिल्लामै आडीटि किटबाट उहाँहरुको रगत परिक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो । तर पनि भारतबाट आएको हुदा कर्णाली प्रदेशको सामाजिक मन्त्रालयको अनुरोधमा उनीरुको नौ जनाकै स्वाब सुर्खेत पठाइएको थियो । 

प्रमुख सिंहले रिपोर्ट नेगेपिटभ आएपछि हुम्ला हालसम्म सुरक्षित रहेको बताए ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको भएपनि हवाई जहाजहरुले बोक्न नमान्दा सुर्खेत पठाउन सकिएको थिएन ।

शनिबार निक्कै छलफलपछि अन्तिम फ्लाईटमा तारा एयरले सो स्वाब बोक्न मानेपछि मात्र सुर्खेत पठाउन सकिएको थियो । 

यता स्वाब संकलन गरेर सुर्खेत पठाईएका नौ जनालाई स्वाबको रिपोर्ट नआउदै घर पठाइएको थियो । 

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ५७ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा