प्रेस युनियनको महाधिवेशन स्थगित | Khabarhub Khabarhub

प्रेस युनियनको महाधिवेशन स्थगित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ ।

युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचनाअनुसार महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभासम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण मुलुकमा सामान्य भई सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

साथै युनियनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ३७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला