‘आमा’ बाट आशावादी ‘पशुपतिप्रसाद’ निर्देशक | Khabarhub Khabarhub

‘आमा’ बाट आशावादी ‘पशुपतिप्रसाद’ निर्देशक


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनालले यसअघि निर्देशन गरेको फिल्म ‘चंगाचेट’ ले खासै सफलता कमाउन सकेन । निर्माता माधव वाग्ले भने यो फिल्मबाट आफूहरु घाटामा नगएको बताउँछन् ।

यतिबेला भने निर्देशन दीपेन्द्र के खनाल नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन् । फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ का निर्देशक हुन् दीपेन्द्र ।

उनी यो फिल्म स्तरीय बनेको दाबी गर्छन् । फिल्म ‘पशुपतिप्रसाद’ बाट चौतर्फी चर्चा कमाएका दीपेन्द्रले पछिल्लो समय आफ्नो यो धारलाई छोडेका छैनन् । दीपेन्द्र यो फिल्मले दर्शकको मन छुने बताउँछन् ।

अस्पतालमा छायांकन गर्नुपर्दा निर्देशनका हिसाबले ‘पशुपतिप्रसाद’ मा भन्दा थप मेहनत गर्नुपरेको दीपेन्द्रको अनुभव छ । उनी भन्छन्, ‘फिल्मका संवाद र कथाले दर्शकको मन छुन्छ, मेहनत गरेको छु ।’

फिल्ममा सन्तानका लागि आमाले गर्ने त्याग देखाइएको छ । वरिष्ठ कलाकार मिथिला शर्मा आमाको भूमिकामा छिन् भने नायिका सुरक्षा पन्तको पनि शीर्ष भूमिका छ ।

सुरक्षा र दीपेन्द्रले केही फिल्ममा एकसाथ काम गरिसकेका छन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

निर्देशक खनालले नै खिचेको यो फिल्ममा कथा पनि उनैको छ । फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : १८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम