नेयमार र एम्बाप्पे मैदान उत्रदा पनि पीएसजी पराजित | Khabarhub Khabarhub

नेयमार र एम्बाप्पे मैदान उत्रदा पनि पीएसजी पराजित


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को पहिलो लिग खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

गत जनवरीमा जर्मन क्लब डर्टमण्ड आएका हालाण्डले च्याम्पियन्स लिगमा समेत गोल गर्ने गतिलाई निरन्तरता दिएका छन् ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेले पनि १९ बर्षका नर्वेजियन खेलाडीले दोस्रो हाफको ६९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पीएसजीका नेयमारले ७५ औ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काए ।

लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डका लागि विजयी गोल गरे । करिब चार खेलको बिश्रामपछि केलियन एम्बाप्पे समेत मैदान फर्किएका थिए । तर पनि खेल जित्न पीएजीले खेल जीत्न सकेन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ३१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम