रक्सी खाएका युवाबीच कुटाकुट | Khabarhub Khabarhub

रक्सी खाएका युवाबीच कुटाकुट


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- रक्सी सेवन गरेका २ युवा समूहबीच कुटाकुट हुँदा ३ जना घाइते भएका छन् ।

मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा शनिबार राति कुटाकुट भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कुटाकुटबाट ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया र २६ वर्षीय किसुन महतो घाइते छन्।

घाइतेमध्ये विसुनदेव र बलरामको चिन्ताजनक अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। किसुन महतोको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

गाउँमै मदिरा सेवनपछि युवाहरूबीच झगडा भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । सो झगडामा संलग्न धनीराम मुखिया, रामविलास महतो, शंकर महतो, हरिओम महतोलाई प्रहरीले पक्राउ गरेको छ।

धनीराम र हरिओम महतोको समूहबीच ग्याङफाइट भएको थियो। उनीहरूबीच सामान्य भनाभन हुँदै कुटपिट हुन थालेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : २७ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा