पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलागौं : नेता रावल | Khabarhub Khabarhub

पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलागौं : नेता रावल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले  पार्टी फुट तथा विभाजन जस्तो देश र जनतालाई धोका दिने, पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलाग्न चेतावनी दिएका छन् ।

स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन् ।

उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन् – ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ४० बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको