नेपाली बिरामीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पतालमै पुगे राजदूत ढकाल « Khabarhub

नेपाली बिरामीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पतालमै पुगे राजदूत ढकाल



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहितको टोलीले अस्पतालमा उपचाररत नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

राजदूत ढकालसहित श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फानको टोलीले अस्पतालमै पुगेर विभन्न कारणले बिरामी परेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्।

टोलीले दुबईको रसिद अस्पतालमा पुगेर त्यहाँ उपचाररत नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

उनले अस्पतालमा नेपाली पाँच जना बिरामीहरुलाई भेटेर उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

बिरामीहरुलाई भेटेपछि राजदूत ढकालले नेपालीहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने र दूतावासबाट हुने आवश्यक सबै सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

साथै राजदूत ढकालले अस्पतालका महानिर्देशकसँगको छलफलमा नेपाली बिरामीहरूलाई उपलब्ध गराउँदै आएको हेरचाह, उपचार र सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा