अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दिए दशैँको शुभकामना | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दिए दशैँको शुभकामना


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसले हिन्दूहरुको चाड बडादशैँ (नवरात्री) को शुभकामना दिएका छन्।

दुवै जनाले समाजिक सञ्जाल ट्विटरमार्फट शुभकामना दिएका हुन्। राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले आफू र आफ्नी पत्नी जिलका तर्फबाट अमेरिकी र संसारभरका हिन्दूलाई शुभकामना दिएका छन्।

उनले लेखेका छन्, “हिन्दू चाड नवरात्री शुरु भएको छ, जिल र म अमेरिका र संसारभर उत्सव मनाइरहेकाहरुलाई शुभकामना दिन्छौँ। फेरि एकपटक राम्रोले खराबविरुद्ध विजय प्राप्त गरोस्- र सबैलाई नयाँ शुरुआत र अवसरका लागि शुभकामना।”

उनको ट्वीट यस्तो छ

यसैगरी उपराष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले पनि श्रीमान् डोउग्लास इमहोफलाई मेन्सन गरेर दुवै जनाको तर्फबाट शुभकामना दिएकी छिन्।

उनले लेखेकी छिन्, “डोउग्लास इमहोफ र म हाम्रा हिन्दू अमेरिकन साथीहरु र परिवार तथा नवरात्री मनाइरहेका सबैलाई शुभकामना दिन्छौँ। यो दिनले हामी सबैलाई हाम्रो समुदायलाई समृद्ध अमेरिकालाई न्याय र समावेशी बनाउन प्रेरित गरोस्।”

यस्तो छ उनले लेखेको ट्वीट-

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ४९ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा