चुनाव हारे अमेरिका छाड्न पनि सक्छु :  ट्रम्प | Khabarhub Khabarhub

चुनाव हारे अमेरिका छाड्न पनि सक्छु :  ट्रम्प


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पराजित भए आफूले मुलुक नै छाड्न पनि सक्ने बताएका छन् ।

नोभेम्बर ३ मा हुने चुनावका लागि विभिन्न स्थानमा प्रचारप्रसारमा पुगिरहेका ट्रम्पले ठट्यौली शैलीमा भने, ‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’

म्याकोन, जोर्जियामा चुनावी सभालाई सम्बोधनका क्रममा उनले आफूले चुनाव हारे अमेरिका नै छाड्न सक्ने बताएका हुन्।

पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा पनि दिएका छन् । उनले  भने,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’

चुनावी मिति नजिकिदै जाँदा ट्रम्प र बाइडेनले अभियान तीब्र पारेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम