नक्कली नोटसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटसहित तीन जना पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- नक्कली नोटसहित बाराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बाराको महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बारा आर्दशाकोटवाल गा.पा. वडा नं. ६ पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशवा, सिम्रौनगढ नगरपालिका ५ का २६ वर्षीय मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का २५ वर्षीय सुधिरकुमार कुशवाहा रहेका छन् ।

ना. ५४ प. ३८०५ नं. को मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाको साथाबाट भारतीय र नेपाली नक्कली रुपैयाँ बरामद गरिएको घटनाका विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : २२ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्