कोरोना संक्रमित देखिएको सर्लाहीको बहुअर्वा बस्ती सिल, २१ जनाको स्वाब सङ्कलन | Khabarhub Khabarhub

कोरोना संक्रमित देखिएको सर्लाहीको बहुअर्वा बस्ती सिल, २१ जनाको स्वाब सङ्कलन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वा बस्ती नै सिल गरिएको छ ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

यस्तै बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौँमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताए ।

संक्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी थिइन् । दुई वटा मोटरसाइकलमा उनी आफ्ना दुई भाइ बहिनीका साथ काठमाडौँ गएको बताइएको छ ।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो ।

यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : २२ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन