जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखको सहज जीत | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखको सहज जीत


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले युनियन बर्लीनलाई २ -० ले हराउँदै आफूलाई शीर्ष स्थानमा कायमै राखेको छ ।

बर्लीनको मैदानमा वायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक/एक गोल गरे ।

बर्लीनविरुद्ध वायर्नले १८ औं मिनेटमा गोल गरेको थियो । तर, थोमस मुलरको उक्त गोललाई रेफ्रीले भीएआरको सहायताले अफसाइड दिए ।

त्यसपछि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए ।

पहिलो हाफमा झिनो अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २-० को जीत दिलाए ।

जीतसँगै वायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ भने। दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ ।

पराजित बर्लीन भने ३० अंकका साथ १२ औं स्थानमा रहेको छ । आइतबार नै भएको लिगको अर्को खेलमा खेलमा मैन्ज र क्लोनले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ५८ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा