अब यस्ता सवारी साधनलाई पास नचाहिने, ई-पास लिन घर छोड्नु नपर्ने | Khabarhub Khabarhub

अब यस्ता सवारी साधनलाई पास नचाहिने, ई-पास लिन घर छोड्नु नपर्ने


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि उपलब्ध गरेको सवारी पासले लकडाउन भर काम गर्ने भएको छ ।

पासका विषयमा थप स्पस्ट पार्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंले जनाए अनुसार यसअघि जारी गरिएको पहेलो रंगको सात दिने सवारी पास भएकाले इ पास लिनु नपर्ने जनाएको छ ।

त्यस्तै ई पास सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेजको रुपमा घरमै प्राप्त हुने भएका कारण प्रशासनमा आउनु नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार केही सवारीसाधनलाई भने पासको आवश्यकता पर्दैन । ‘एम्बुलेन्स, खाध्यान्न, खानेपानी, स्वास्थ्यकर्मी, औषधी पेट्रोलियम पदार्थ, चल्ला, दाना लगायत बोक्ने सवारिहरूलाई पास चाहिदैन’, आचार्यले भने, अकस्मात आउने स्वास्थ्यमा खराबी र नियमित औषधी सेवन गर्नुपर्ने डायलाइसिस जस्तो संवेदनशिल बिरामीहरूलाई अस्पताल जानुपर्ने भए महानगरपालिकाले व्यवस्था गरेको निशुल्क एम्बुलेन्स प्रयोग गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ४ : २४ बजे

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री