सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न | Khabarhub Khabarhub

सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा गत आइतबारबाट शुरु भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका हुन् ।

काठमाडौंस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरुको प्रगति समीक्षा, मुल्याङ्कन र विश्लेषण बारे छलफल भएको सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैठकमा वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौती एवं सुझाव संकलन लगायतका बारेमा पनि छलफल भएको सेनाले जनाएको छ ।

बैठकको समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउन प्रयोगमा ल्याइएका संयन्त्र तथा नीति नियमका बारेमा जानकारी गराएका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमका बैठकले सेनाको नीति तथा योजना निर्माणमा थप सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ३६ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार