जिल्ला न्यायाधीशको गोली हानी हत्या | Khabarhub Khabarhub

जिल्ला न्यायाधीशको गोली हानी हत्या


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् ।

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकुको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए ।

प्रान्तीय सरकारका अनुसार तालिबान लडाकु समूहले हिंसात्मक कारवाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएको जनाएको छ ।

केही दिनअघिमात्रै अमेरिकासँग कतारको राजधानी दोहामा अमेरिकासँग तालिबानले गरेको सम्झौतामा एक साताका लागि हिंसात्मक कारवाही अन्त्य गर्ने सहमति बनेको थियो ।

यही साता अफगानिस्तान कै कन्दहार प्रान्तको डण्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए ।

अफगान स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८ सय भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९ सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ४३ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको