प्रारम्भिक छनोटमा परेका ९ जनामध्येबाट पर्यटन बोर्डले आइतबार पाउँदै छ नयाँ सीईओ | Khabarhub Khabarhub

प्रारम्भिक छनोटमा परेका ९ जनामध्येबाट पर्यटन बोर्डले आइतबार पाउँदै छ नयाँ सीईओ


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीईओको छुट्टै आकर्षण छ ।

आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीईओ मानिन्छ । बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो । सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।

सीईओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ लागि परेका छन् । प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आइतबार टुङ्गो लाग्नेछ ।

बोर्डको सीईओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता भइसकेको छ । शुक्रबारदेखि आजसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ ।

प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले जानकारी दिए ।

छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ । प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सीईओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ ।

समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सीईओ नियुक्त गरिनेछ । बोर्डको सीईओको कार्यकाल चार वर्षको हुनेछ ।

बोर्डको सीईओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिष्ट’ गरिएको थियो ।

सर्टलिष्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए ।

बजारमा हल्ला आएजस्तो सीईओ छनोटमा कुनैपनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताए । उनले भने, “बोर्डको सीईओ छनोट प्रक्रियागत ढङ्गले अघि बढेको हो, यसमा कुनै दबाब आएको छैन, कुनै प्रभाव पनि परेको छैन, निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौै ।”

बोर्डको सीईओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो । प्रारम्भिक छनोटमा परेका नौ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्व सचिवायल सदस्य केबी रानाले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सीईओ नियुक्त गर्ने व्यवस्था छ । समितिले बनाएको सीईओ छनोट कार्यविधि मातहत रही सीईओका लागि आवेदन माग गरेको थियो । गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो ।

प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सीईओ जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा छ । जोशी कूशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार मानिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : १५ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास