पत्याउनुहुन्छ ? एउटा औँठीको मूल्य ३३ करोड रुपैयाँ ! | Khabarhub Khabarhub

पत्याउनुहुन्छ ? एउटा औँठीको मूल्य ३३ करोड रुपैयाँ !


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एउटा औंठीको मुल्य ३३ करोड रुपैयाँ पर्छ भन्ने सुन्दा पनि विश्वास नलाग्न सक्छ । तर यो बास्तविकता हो । जुन औंठीको मूल्यले विश्व रेकर्ड बनाएको छ । यो घटनाका जेनेभाको हो ।

केही दिन अघि जेनेभामा एउटा औँठी करीब ३३ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । उक्त लिलामीमा प्याजी रंगको हिरा जडिएको उक्त औँठी २ दशमलव ७७ मिलियन डलरमा बिक्री भएको हो ।

समाचार एजेन्सी एएनआईकाअनुसार १ दशमलव ०५ क्यारेटको हिरा जडिएको उक्त औँठीमा प्लाटिनम र सुनको प्रयोग गरिएको थियो । उक्त हिराको अद्भुत रंगका कारण औँठी अत्यधिक मूल्यमा बिक्री भएको बताइएको छ ।

उक्त औँठीलाई टियरा जेम्स तथा ज्वेलरीले खरिद गरेको हो । उक्त ज्वेलरी दुबईमा रहेका भारतीय विज्ञ आशिष विजय जैनको स्वामित्वमा रहेको छ ।

जैनले बढ्दै गरेको आभूषण उद्योग र उपभोक्ता भावनालाई मध्यनजर गर्दै औँठी खरिद गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ४८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड