कोरोना विरुद्धको रुसी भ्याक्सिन भारतमा क्लिनिकल परीक्षणका लागि अनुमति | Khabarhub Khabarhub

कोरोना विरुद्धको रुसी भ्याक्सिन भारतमा क्लिनिकल परीक्षणका लागि अनुमति


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले बनाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन स्पुतनिक-५ लाई भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ।

ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई)ले क्लिनिकल परीक्षणका लागि भारतीय औषधि निर्माता कम्पनी डा.रेड्डिजजलाई अनुमति दिएको हो।

हैदराबादस्थित् फर्मास्युटिकल फर्मले १३ अक्टोबरमा भ्याक्सिनको क्लिनिकल परीक्षणको अनुमतिका लागि दोस्रोपटक आवेदन दिएको थियो। पहिलोपटक उसले दिएको आवेदन अस्वीकृत भएको थियो।

दोस्रोपटकको आवेदनपछि डीसीजीआईले दोस्रो र तेस्रो चरणको परीक्षण गर्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परीक्षणमा ४० हजार जना सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : १२ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्