कुवेतमा ९ महिनादेखि ७ नेपाली अलपत्र | Khabarhub Khabarhub

कुवेतमा ९ महिनादेखि ७ नेपाली अलपत्र



दोहा- खुशी जीवनको सपना बोकेर बैदेशिक रोजगारीका क्रममा २१ महिनाअघि कुवेत पुगेका ७ नेपाली ९ महिनादेखि अलपत्र परेका छन् ।

काठमाडौँमा रहेको लाइफलाइन म्यानपावरबाट कुवेतको हवलीस्थित वाच बाडी क्याटरिङ सेर्भिसेस कम्पनीमा पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कोरोनाका कारण कम्पनीमा काम नभएपछि आफूहरु अलपत्र परेको नुवाकोटका राजेश वाग्लेले जानकारी दिए ।

‘कम्पनीले हामीलाई दुई महिना काम गरेको पारिश्रमिक पनि दिएको छैन, अहिले ९ महिना भैसक्यो विभिन्न संघसस्थाले दिएको खाद्यान्न खाएर बसेका छौँ,’ उनले भने ।

खाने पैसा पनि नभएको तथा घरमा जान्छौँ भन्दा कम्पनीले टिकट नदिएको उनीहरुको गुनासो छ ।

समस्या लिएर कुवेतस्थित नेपाल नेपाली दूतावास पुगेको ३१ पटक हुँदा पनि दूतावासले समस्या समाधान गर्न कुनै पहल नगरेको उनीहरुको गुनासो छ ।

आफूहरुलाई पठाउने म्यानपावर कम्पनीलाई पनि पटक/पटक सम्पर्क गर्दा केहि गर्न नसक्ने भन्दै फोन काटी दिने गरेको वाग्लेले बताए ।

गैरआवासीय राष्ट्रिय समन्वय परिषद् कुवेतका केही प्रतिनिधिहरु पनि १ लिटर तेल र ५ केजी चामल दिएर फोटो मात्र खिचेर गएको  उनीहरु बताउँछन् ।

अलपत्र पर्नेमा  वाग्लेसहित खोटाङका मोतिराज राई, गोरखाका प्रभात लामिछाने र अनिल राना, रूपन्देहीका चन्द्र थापा तथा सिन्धुलीका जीत बल छन् । बाँकी एक जनाको नाम प्राप्त हुन सकेको छैन ।

यसैबीच शुक्रबार साँझ राहत सामग्री लिएर पिडितहरुलाई भेट्न पुगेका सामाजिक अभियन्ता चन्द्र पाइजा पुन मगरसहितको टिमले चामल, दाल, तेल लगायत १५ दिनसम्म पुग्ने राहत स्वरुप खाद्यन उपलब्ध गराएको छ  ।

‘कम्पनीले उनीहरुलाई बन्धक बनाएर राखेको रहेछ अवस्था अत्यन्तै दयनीय छ । ९ महिना बिना काम, बिना पैसा बसेका छन् चाडोभन्दा चाडो उनीहरुलाई सम्बन्धित निकायले उद्धार थालोस,’ मगरले भने ।

अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि आइतबार पनि दूतावास जाने तयारीमा छन् ।

कुवेतस्थित नेपाली दूतावासले भने उनीहरुको समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ४५ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको