बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ ।

केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका तटीय क्षेत्रका बासिन्दालाई कम्तिमा ९ बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि केही स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । राति प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म नै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ३५ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्