फ्रेन्च लिगमा पीएसजीको पहिलो जीत | Khabarhub Khabarhub

फ्रेन्च लिगमा पीएसजीको पहिलो जीत


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जीत निकालेको छ ।

नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जीत हात पारेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई १–० ले हरायो ।

दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो ।

निलम्बनमा रहेको नेयमार र कोरोना संक्रमणका कारण एम्बाप्पेबिना खेलेको पीएसजीले कठिन जीत हात पारेको हो ।

खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जीत दिलाएका हुन् ।

जीतसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ । लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : २० बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान