बारामा निषेधाज्ञा : घरको कम्पाउन्डमा निस्किन समेत प्रतिबन्ध | Khabarhub Khabarhub

बारामा निषेधाज्ञा : घरको कम्पाउन्डमा निस्किन समेत प्रतिबन्ध


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ ।

बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए ।

उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४  घण्टा खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ।

अत्यावश्यक कामबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत निस्कन नपाइने विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी भारतसँग जोडिएका सीमानाकाहरुमा भदौ मसान्तसम्म आवतजावत पूर्णरुपमा बन्द गरिने भएको छ ।

यो आदेशको बर्खिलाप गरी सवारी साधन वा मोटरसाइकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम