प्रधानमन्त्री ओलीको अयोध्याबारे टिप्पणीमा मजाक उडाउँदै कार्टुन प्रकाशित | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको अयोध्याबारे टिप्पणीमा मजाक उडाउँदै कार्टुन प्रकाशित


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी नेपाल र भारतमा बिबादसँगै मजाकको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्तको जन्मजयन्तीको अवसरमा सरकारी निकासमा आयोजित कार्यक्रममा भारतको अयोध्या त नक्कली हो, भारतले नेपालको संस्कृति माथि अतिक्रमण गरेको जस्ता बिबादास्पद तर्क अघि सार्दै नेपाल–भारत सम्बन्धलाई तरङ्गीत बनाइदिएका थिए।

प्रधानमन्त्री ओलीको बोलीले भारतसँगको जनस्तरको सम्बन्धमा समेत एकपछि अर्को प्रहार गर्दै आएका छन् । जस्ले नेपाललाई रुचाउने भारतीय जनतासमेत उत्तेजित बनाउने काम भइरहेको छ। ओलीको पटक–पटकको विवादित वक्तव्यबाजीले नेपाल र भारतबीच शताब्दीऔंदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई समेत विवादित बनाइदिएको छ।

ओलीको अभिव्यक्ति नेपालभित्रका बौद्धिक समुदाय, राजनीतिकर्मी, पत्रकार, तथा सामाजिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिको बिरोध गरेका छन्। भारतमा भने ओलीको अप्रासंगिक र अनुपयुक्त अभिव्यक्तिहरुलाई कार्टुन तथा मजाकको बिषय बनाउँन थालिएको छ।

जबकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै उस्तै कपडामा सजिएर प्रधानमन्त्री ओलीले २०७५ वैशाख २८ गते राम भारतमा जन्मीएका र र सीता नेपालमा जन्मेको भन्दै उनीहरुको बिहेदेखीको सांस्कृतिक सम्बन्धको निरन्तरता कायमै रहेको मन्तव्य दिएका थिए । ओली र समकक्षी मोदीले दुई देशको मित्रतालाई अझ बिस्तार गर्ने भन्दै ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए।

तर अहिले ओलीको बोलीमात्र एकाएक फेरिएको छैन राजनीतिक ईख भारतको जनस्तरमा समेत फैलीने खतरा छ । प्रधानमन्त्री ओलीको तथ्यहिन आरोपहरुले उनको विश्वसनीयता मात्र गुमेको छैन भारतमा नेपालीप्रतिको सेन्टीमेन्टमै प्रहार हुने खतरा बढेको छ।

भारतीय संचारमाध्यमहरुले भने ओलीको अयोध्याबारेको बोलीलाई मजाकमा  उडाउँदै कार्टुनहरू प्रकाशित गर्न थालेका छन भने ट्रोलिङ पनि शुरु भएको छ। प्रधानमन्त्री पदको मर्यादा समेत नराखी राम जन्मिएको अयोध्या चितवनको ठोरीमा रहेको बिबादीत तर्क सारेपछि भारतमा उनलाई ट्रोलको बिषय बनाइएको छ ।

भारतमा ओलीको अप्रासंगिक र अनुपयुक्त अभिव्यक्तिहरुलाई कार्टुन तथा मजाकको बिषय बनाउँन थालिएको छ।

धार्मिक संवेदनशीतला हेक्का नराखी ओलीको विवादित वक्तव्यबाजीमा दुई देशको सम्बन्ध बिगारीएको उनीहरुको मूल्यांकन छ। प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय जनमानसमा रहेका नेपालप्रतिको सहानुभुती र समर्थकहरुमा नेपालको छबीनै धुमील बनाइदिएको छ

भारतमा नेपालको शक्ति भनेको त्यहा रहेको नेपाल र नेपालीलाई मन पराउने आम जनता नै हुन । तरपनि प्रधानमन्त्रीकै तहबाट आएको अभिव्यक्तिले उनीहरुको भावनामा समेत आक्रमण भएको छ।

ओलीको अभिव्यक्ति पछि भारतमा उनको मजाक उडाएर थुप्रै कार्टुनहरू प्रकाशीत गरिएका छन्। यसले प्रधानमन्त्रीको खिल्ली मात्र होइन देशकै खिल्ली उडिरहेको छ ।

रामको जन्मसम्बन्धी बिबादास्पद अभिब्यक्तिअघि प्रधानमन्त्री ओलीले संसदको रोस्टमबाट भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरेका थिए। ओलीले चीनको भन्दा भारतबाट आएको कोरोनाभाइरस खतरनाक भन्ने समेत दावी गरेका थिए।

ओलीले गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेको तथा आफनै पार्टीका नेताहरु समेत संलग्न रहेको हुनसक्ने अभिब्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमै राष्ट्रपति माथि महाभियोग लगाउने तयारी भैरहेको छ भन्ने टिप्पणी समेत गरेका थिए। प्रधानमन्त्री तहबाटै पटक पटक बिबादास्पद अभिव्यक्ति आइरहने र यो जनस्तरसम्म पुग्नुलाई कुटनीतिक मात्र नभएर दुई देशको मित्रत्रता, भातृत्व र जनस्तरको सम्बन्धनै दूघर्टना हुनसक्ने खतरा पैदा गरिदिएको छ।(टिप्पणी)

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ३५ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले