नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सारियो | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सारियो


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सारिएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

असार १८ गतेदेखि लगातार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आजलाई बोलाइएको थियो । आज पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर दिउँसो ३ बजेलाई सारिएको हो ।

पटक–पटक गरेर दुई साता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको छ ।

आजको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल समूहको अडानको ओली पक्षले कडा प्रतिवाद गर्ने तयारी गरेको छ ।

बिहीबार भएको वार्ता दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए । विधिसम्मत प्रक्रिया सामाना गर्न तयार रहेको उनको भनाइ थियो ।

ओलीको उक्त जवाफपछि ओली, दाहाल र नेपाल सहभागी हिजोको वार्तामा आगामी भदौभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने र विवाद हल गर्न समझदारी भएको बताइएको छ ।

ओलीले राजीनामा नदिने अडानपछि दुबै पक्षले बिहीबार साँझ आआफ्ना समूहको बैठक राखेर रणनीति बनाएका छन् ।

आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतरको समूहको तयारी छ ।

ओली समूहले भने एजेण्डाभन्दा बाहिरको विषयलाई छलफलमा ल्याएको भन्दै प्रतिवाद गर्ने र केन्द्रीय कमिटी बैठकमा आफ्नो पक्षमा माहोल बनाउन लागिपर्ने तयारी गरेको छ । त्यति हुँदा पनि नसके संसदीय दलको सामना गर्नेसम्मको तयारीमा ओली समूह जुटेको स्रोतको भनाइ छ ।

नेकपाको ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।

बहुमतबाट पक्ष हटाउने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेपछि नेताहरू पछि हटेका थिए । दुवै पक्ष आआफ्ना अडानमा कायम रहेपछि विवाद चर्किंदै जाने संकेत देखिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ११ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु