एन्फाले निर्णय नसच्याए कानूनी उपचार खोज्छौं : अध्यक्ष सुजखु | Khabarhub Khabarhub

एन्फाले निर्णय नसच्याए कानूनी उपचार खोज्छौं : अध्यक्ष सुजखु


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुर जिल्ला फुटबल संघको बर्तमान कार्य समितिले विधान मिचेर काम गरेको भन्दै विघटन गरी तदर्थ समिति गठन गरेको छ ।

मंगलबार बसेको एन्फा कार्य समितिको आकस्मिक बैठकले गौतम खुजखुको नेतृत्वमा रहेको संघलाई विघटन गरि किशोर हेक्काको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

भक्तपुर जिल्ला फुटबल संघलाई एन्फाको छानविन समितिले दिएको सुझाव, एन्फाको निर्देशन नियमावली र कानूनी प्रक्रियाको उल्लघन गरेर जिल्ला लिग सञ्चालन गरेको एन्फाको आरोप छ ।

यस्तै, संघले एन्फाको विधान र नियमावली अनुसार हुनुपर्ने क्लब दर्तासमेत नगरेको जनाएको छ ।  क्लबका सदस्यहरुको संख्यासमेत नपुर्‍याएर जिल्ला संघको गतिविधि सञ्चालन गरेको, एन्फाले पठाएको प्रतियोगिता नियमावली मिचेर आफूखुशी रकम उठाई लिग सञ्चालन गरेको पनि एन्फाको आरोप छ ।

‘संघको विधानको धारा १४ को उपधारा १ को  (क) र (ट) तथा धारा २१ को उपधारा ३ को विपरीतको गतिविधि गरेको देखिएको हुँदा एन्फाको निर्णय निर्देशनहरु कार्यन्वयन नगरेकोले विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई प्रतिस्थापन गरी सोको स्थानमा एक नयाँ भक्तपुर जिल्ला फुटबल संघको तदर्थ समिति गठन गर्ने’ एन्‍फाको निर्णयमा भनिएको छ ।

तर, एन्फाको विघटनामा परेका भक्तपुर जिल्ला अध्यक्ष गौतम सुजखु भने एन्फाले आफूहरुमाथि अन्याय गरेको बताउँछन् ।

‘विधान सम्मत चुनाव जितेर आएको जिल्लालाई एन्फाले कारबाही गरेको छ । हामीले विरोध गरेकै भरमा भक्तपुर जिल्ला कारबाहीमा परेको हो,’ सुजखुले खबरहबसाँग भने, ‘एन्फा नेतृत्वले गरेको गल्ती उठाएको हुनाले हामीलाई कारबाही गर्यो । के जिल्लाले एन्फाले गरेको गल्तीमा बोल्नै नहुने हो ?’

सुजखुले नेपाल जस्तो प्रजातान्त्रिक देशमा पनि आलोचना गरेकै भरमा कारबाही भोग्नु पर्दा दुःख लागेको बताए ।

यस्तै, केन्द्रको अन्यायमा परेको बताएका सुजखुले केही दिन भित्र निर्णय नसच्चीए कानुनी उपचारको बाटो खोज्ने बताएका छन् ।

‘यो सहि भएन । दुई-तीन दिन भित्र यो निर्णयमा एन्फा नेतृत्वले पुनः विचार गरेन भने कानुनी उपचार खोज्छौं,’ उनले भने, ‘यसलाई गल्ती मान्दै सच्याएको खण्डमा हामी जाँदैनौं । नत्र जान्छौं । उनीहरुको आरोप निराधार छन् ।’

सुजखुले कमीकमजोरी भएपनि यसरी कारबाही गर्नु पर्ने कुनै गल्ती जिल्लाले नगरेको दाबी गरेका छन् ।

‘केही कमिकमजोरी होलान् तर, यसमा यस्तो निर्णय गर्नु आवश्यक थिएन। यो भन्दा गम्भीर कमजोरी एन्फा नेतृत्वले गरेको थियो । हामीले प्रमाणसहित आएका थियौं । तर, नेपाल सरकारले किन कारबाही गरेन ?’ उनले प्रश्न गर्दै भने ।

यस निर्णयले एन्फा केन्द्रले गल्ती गरेपनि विरोध गर्न पाइँदैन भनेर जिल्लाहरुलाई तर्साउन खोजिएको बताएका छन् ।

सुजखुले भक्तपुर जिल्ला फुटबल संघको नेतृत्वविरुद्ध राजनीति भएको पनि महसुस गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी समर्थक रहेका सुजखुलाई भक्तपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्य रहेका नेकपा युवा नेता महेश बस्नेतको राजनीतिक दाउपेजमा परेको टिप्पणी पनि हुन थालेको छ । एन्फाकै एक पदाधिकारीले केही महिना अगाडि आफूमाथि राजनीति भइरहेको जानकारी पाएका सुजखु राजनीतिमा सधै एक पक्ष बलियो नहुने तर्क गर्छन् ।

‘एन्फाका एक पदाधिकारीले मलाई केही महिना अगाडि नेकपाले भक्तपुरमा आफ्नो पकड बनाउन खोजिरहेको छ भन्नु भएको थियो । तर, यति सम्म हुन्छ भन्ने लागेको थिएन,’ सुजखुले भने, ‘अहिले उहाँहरु शक्तिमा हुनुहुन्छ । तर, सधै उहाँहरुनै शक्तिमा रहनु हुन्छ भन्ने छैन । जे भए पनि यो गलत भयो ।’

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ५९ बजे

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने