चेपुवामा बेरोजगार डेरावाल | Khabarhub Khabarhub

चेपुवामा बेरोजगार डेरावाल

सरकार भन्छ : लकडाउनको भाडा छुट दिनू, घरधनी भन्छन् : बैंकले ऋणको ब्याज छुट दिनू


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन भएपछि चैत १६ गते बसेको मन्त्रिपरिषदको बैठकले डेरावाललाई भाडा छुट दिन घरधनीलाई आग्रह गर्‍यो ।

सरकारले भाडा छुट दिने घरधनीसँग बहालकर नलिने निर्णय पनि गर्‍यो ।

घरधनीहरुले भने त्यसरी भाडा छुट दिएका छैनन् । घर बहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालका अनुसार ‘अहिलेसम्म काठमाडौँका करिब २५ प्रतिशत घरधनीले डेरावालाई एक महिनाको भाडा छुट दिएका छन् ।’

‘उपत्यकाका पुराना बासिन्दाहरूले भाडा छुट गर्न मानेका छैनन्’ उनले खबरहबसँग भने, ‘बाहिरबाट आई घर बनाएर बसेका धेरैजसोले सहज मानेर भाडा छुट दिएका छन् ।’

खनालका अनुसार घरधनी र डेरावला दुवैले एकअर्कालाई बुझेर भाडा छुट लिने–दिने गर्नु उचित हुन्छ । कतिपय घरधनीले भने छुट दिन नसक्ने जनाउन दिएका छन् ।

लकडाउनभरि आधा छुट गर्न माग

घर बहाल सरोकार महासंघ नेपालले लकडाउन अवधिभर डेरावाललाई ५० प्रतिशत भाडा छुट दिन माग गरेको छ । ‘५० प्रतिशत छुट गर्दा घरधनी र भाडामा बस्ने दुवैलाई राहत हुन्छ,’ महासंघ अध्यक्ष खनालले खबरहबसँग भने, ‘लकडाउनभरि नै आधा भाडा छुट दिनुपर्छ ।’

सरकारले एक महिनाको पूरै छुट दिनु भन्नु र महासंघले दुई महिनाको ५० प्रतिशत छुट दिनु भन्ने उस्तै कुरा रहेको उनको भनाइ छ । रोजगारी नभएकाहरूको हकमा राज्यले लकडाउनपछिको उनीहरूको आर्थिक आर्जन सुनिश्चित गर्ने नीति ल्याउनुपर्ने माग पनि महासंघको छ ।

बैंकमा ऋण छ, कसरी भाडा छुट दिनु !

कतिपय घरधनीले बैंकबाट ऋण लिएर घर किनेका छन् । उनीहरू भाडाबाट किस्ता बुझाउँछन् । भाडामा बस्ने कतिपय मानिस बेरोजगार भएका छन् । पेसा बन्द भएर आर्जन हुन छाडेपछि गुजारा चलाउन मुश्किल भएको छ । कतिपय घरधनीको पनि आम्दानीको स्रोत नै घरभाडा हुने गरेको छ ।

करिब ६ महिनाअघि बैंकबाट ऋण लिएर साढे तीन तलाको घर किनेकी नयाँ बस्तीकी मनिता सापकोटाले दुई तला भाडामा दिएकी छन् । उनले बैंकको किस्ता तिर्ने स्रोत घरभाडा नै हो । उनको घरमा बस्नेले भाडा दिन सकेका छैनन् ।

‘भाडा नलिने हो भने बैंकको ऋणको किस्ता तिर्न सकिँदैन,’ मनिता भन्छिन्, ‘बैंकले ब्याज मिनाहा नगरेसम्म भाडा छुट दिन गाह्रो छ ।’

घर बहाल सरोकार महासंघले डेरावालाहरूको गुनासोका आधारमा विभिन्न ठाउँमा अनुगमन गरेको छ । यस क्रममा महासंघले घरधनीहरूलाई सम्झाएर भाडा छुट दिन अनुरोध गर्ने गरेको छ ।

अनुगमनका क्रममा एक घरधनीले गुनासो गरे, ‘भर्खरै बनाएको घर हो, बैंकमा ऋण छ, भाडा नलिएर के गर्नु !’ कतिपय घरधनीले भने लकडाउन खुलेपछि कमाएर बिस्तारै दिनु भनेका छन् ।

डेरावाल वास्तविक पीडित हो कि होइन भन्ने थाहा हुनुपर्ने र घरभाडाबाटै गुजारा गर्ने घरधनी रहेछन् भने उनीहरूको अवस्था राज्यले बुझ्नुपर्ने कतिपय घरधनीको भनाइ छ ।

केही घरधनीले कमाइ गुमाएका डेरावाललाई आफैँ भाडा छुट दिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : ३६ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी