अलपत्र नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश « Khabarhub

अलपत्र नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले लकडडाउनका कारण अपलत्र नेपाली नागरिकलाई सुरक्षित घर पुर्‍याउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउन आदेश दिएको हो ।

सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनु राज्यको प्राथमिक दायित्व भएको बताएको छ ।

यस्ता व्यक्तिमा कोरोना संक्रमणको आशंका भए आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखी निको भएपछि वा शंका बाहिर आएपछि गन्तव्यमा पुर्‍याउन पनि सर्वोच्चले आदेश दिएको छ ।

लकडाउनका कारण मानिसहरु पैदलै हिँडेर गन्तव्यतर्फ लागेका छन् । उनीहरु गाडी नचल्दा अहिले अलपत्र परिरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ११ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले