प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणसम्बन्धी सूचना माग गर्दै आरटीआई दर्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणसम्बन्धी सूचना माग गर्दै आरटीआई दर्ता


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा सूचना माग गर्दै दुई अधिवक्ताले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सूचनाको हकसम्बन्धी निवेदन (आरटीआई) दर्ता गराएका छन् ।

वरिष्ठ अधिवक्ताद्वय  बालकृष्ण न्यौपाने र डा सुरेन्द्र भण्डारीले सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेअनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा टिचिङ अस्पतालसँग सूचना माग गरेका हुन् ।

अधिवक्ताद्वय न्यौपाने र भण्डारीले प्रधानमन्त्री ओलीले अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको मिति, मिर्गौला दिने व्यक्तिको परिचय, मिर्गौला दिने र लिनेबीचको नाता के हो ? भनेर सूचना दिन माग गरेका छन् ।

अधिवक्ताद्वय न्यौपाने र भण्डारीले अस्पताललाई दिएको निवेदनमा मिर्गौला प्रत्यारोपणको विषयमा मिर्गौला दिने दाता र ग्रहणकर्ताबीच प्रस्तुत भएको दस्तावेज समेत खोजी गरेका छन् ।

अस्पतालाई सूचना उपलब्ध गराउन माग गरिएको सूचनामा नाता प्रमाणितमा भएको दस्तावेज र मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको नामावली समेत मागेका छन् ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौला प्रधानमन्त्री ओलीकी भान्जी नाता पर्ने अस्पतालले जनाएको छ । अस्पतालले संग्रौला र प्रधानमन्त्री ओली मामा भान्जी भएको बताए पनि अधिवक्ताद्वय न्यौपाने र भण्डारीले नाता प्रमाणको विवरण माग गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : ४७ बजे

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका