१ हप्ताका लागि सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न राखेपको निर्देशन | Khabarhub Khabarhub

१ हप्ताका लागि सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न राखेपको निर्देशन


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १ हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

मंगलबार राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा बसेको बैठकले नोबेल कोरोना भाईरस ( कोभिड – १९ ) ले विश्वभर महामारीको रुप लिइरहँदा नेपालमा सम्भावित संक्रमण रोक्नका लागि १ हप्ता खेल गतिविधि बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

राखेपले कोरोना भाइरसको जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको भन्दै कुनै पनि खेलकुद प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई बन्द गर्ने निर्णय गरेको छ ।

यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसंग सम्बन्धित व्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार