२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै | Khabarhub Khabarhub

२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तोक्ने विषयमा मंगलबार प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइएको भएपनि करिब ११ बजेतिर मात्रै बैठक शुरु भएको छ ।

बैठकमा अहिले प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी र नामको विषयमा बोलिरहेका छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको झन्डै २५ महिना पछि २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा मतदान हुन लागेको हो ।

स्थायी राजधानी जनकपुरधामलाई तोक्ने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको एकमत छ । तर, नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशसभाको स्थायी राजधानी र प्रदेशको नाम परित गर्ने संवैधानिक व्यवस्था छ । पहिलो चरणमा दुईतिहाई बहुमत नपुगे दोस्रो चरणमा मतदान हुने छ ।

कूल १ सय ७ जना सांसद रहेको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२, प्रदेश सरकारको सत्तारुढ दल समाजवादी पार्टीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राष्ट्रिय जनता पार्टीको २५ तथा संघीय समाजवादी पार्टीको १ सिट छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ३२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम