पैसा चोरिने खतरा उच्च, थाहा पाइराख्नोस तपाईको कार्ड कति सुरक्षित | Khabarhub Khabarhub

पैसा चोरिने खतरा उच्च, थाहा पाइराख्नोस तपाईको कार्ड कति सुरक्षित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणलाई आधार बनाएर ह्याकरहरुले पैसा चोर्ने खतरा उच्च भएको खुलेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) लाई ट्रयाक गर्नका लागि विश्वभरका विभिन्न अर्गानाइजेशनहरुले रियलटाइम म्याप्स वा ड्याशबोर्ड बनाएका छन ।

यसैको फाइदा उठाउँदै ह्याकरहरुले यूजरहरुको जानकारीलाई चोर्न लागि परेको रिजन ल्याव्स्को सेक्योरिटी रिर्सचर शाई अल्फासीले जनाएको छ ।

ह्याकरहरुले यस प्रकारका म्याप्सलाई अरुको जानकारीहरु चोर्नका लागि प्रयोग गरिरहेको अल्फासीले दावी गरेको छ ।

यस तरिकाबाट ह्याकरहरुले युजरहरुको प्राईभेट जानकारीहरु जस्तो यूजर नेम, पासवर्ड, क्रेडिट कार्ड नम्वर र ब्राउजर हिस्ट्री चोर्न सक्नेछन्।

ह्याकरहरुले भाइरसको सहारा लिएर यूजरहरुलाई टार्गेट गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्तै प्रकारको घटनाहरु भएका थिए ।

सामान्य रुपमा ह्याकरहरुले कोरोनाभाइरससँग जोडिएको वेबसाइट तयार गर्ने गर्दछन र युजरलाई रियल टाइम ट्रयाकिंग गर्ने बाचा गर्ने गर्दछन ।

उनिहरुले यस्ता वेबसाइटको कारणले यूजरहरुले आफ्नो सिस्टममा म्याप्स डाउनलोड गर्नुपर्ने आवस्यकता नै पर्दैन । यसले सिधै यूजरको कोभिड–१९ फैलिएको म्याप देखाउँछ ।

कोरोनाभाइरसको लागी बनाइएको म्याप्सको सहायतामा अट्याकरहरुले बाइनरी फाइल्स जेनेरेट गर्ने गर्दछन र यूजरको कम्प्युटरमा इन्स्टल गर्दछन । टिएनडब्ल्युको एक रिर्पोट अनुसार यी वेबसाइटहरु कोरोनाभाइरस ट्रयाक गर्ने टूल जस्तो नै देखिने गर्दछन ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५९ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय