छात्रवृत्तिको रकम हिनामिना गर्ने विद्यालयका अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

छात्रवृत्तिको रकम हिनामिना गर्ने विद्यालयका अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट विद्यालयको भवन निर्माण तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दिइएको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार अध्यक्ष बोहोराले जिल्ला शिक्षा कार्यालय डोटीबाट विद्यालय भवन निर्माण र छात्रवृत्ति प्रदानका लागि भनेर प्रदान गरिएको ४१ लाख ५४ हजार ५ सय रुपैयाँ मध्येबाट ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ ४१ पैसा हिनामिना गरेको भेटिएको छ ।

बोहोराले जिल्ला शिक्षा कार्यालय डोटी र विद्यालयको आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार ५ सय रुपैयाँ पेश्की लिएका थिए । तर, जिल्ला शिक्षा कार्यालयले गरेको अनुमगनका क्रममा उक्त रकममध्ये ३१ लाख १६ हजार ५६ रुपैयाँ बराबरको मात्रै काम भएको देखिएको थियो । साढे ४१ लाखमध्ये उनले ३ लाख ८ हजार ५ सय रुपैयाँ विद्यालयको खातामा जम्मा गरेका थिए भने बाँकी ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ हिनामिना गरेका अख्तियारले जनाएको छ ।

अख्तियारले बोहोराविरुद्ध ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : १७ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका