कोरोना संक्रमण : चीनले लगायो हिँडडुलमा प्रतिबन्ध, निजी कारको प्रयोग अनिश्चितकालका लागि बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमण : चीनले लगायो हिँडडुलमा प्रतिबन्ध, निजी कारको प्रयोग अनिश्चितकालका लागि बन्द


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ ।

आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ ।

औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन् ।

अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई चाहिँ गुड्न छुट दिइनेछ ।

यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टीनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्।

नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय ब्याङ्कले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ तथा प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ ।

हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण घटेको घोषणा गर्दै सङ्क्रमण फैलिनबाट रोकिरहेको बताएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : ०९ बजे

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी