गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी « Khabarhub

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् ।

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी हुन् ।

उजुरीमा उनले आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानूनानुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले आफूमाथि दुव्र्यहार गरेको प्रहरी जवान राउतको भनाइ छ ।

गायिका राउतले भने विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत ‘आपत्तिजनक शब्द’मा असन्तुष्टि पोखेकी थिइन् ।

खबरहबसँगको कुराकानीका क्रममा गायिका राउतले भने विमानस्थलमा कार्यरत महिला प्रहरी जवानले आफूलाई अपशब्द प्रयोग गरेर न्याँकेको बताएकी थिइन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गायिका राउतविरुद्ध परेको उजुरीका सन्दर्भमा अनुसन्धान शुरु भएको जनाएको छ ।

प्रारम्भिक चरणमा विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्ने र विमानस्थलमा कार्यरत अन्य सुरक्षाकर्मीको पनि बयान लिने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ३ : २८ बजे

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी

एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र

एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी