फ्रान्सले 'एयरबस जहाज'को उडानका लागि प्राविधिक सहयोग गर्ने | Khabarhub Khabarhub

फ्रान्सले ‘एयरबस जहाज’को उडानका लागि प्राविधिक सहयोग गर्ने


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्स सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एयरबस जहाजको उडानका लागि प्राविधिक सहयोग गर्न चासो देखाएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत जेइरर लिगर र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलबीच भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत लिगरले निगमसँग रहेको एयरबसको सुव्यवस्थित उडानका लागि आवश्यक प्राविधिक सहयोग आदनप्रदान गर्ने सम्बन्धमा कुराकानी भएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको केन्द्रीय कार्यालयमा गत मङ्सिर २९ गते भएको उक्त भेटमा दुई देशबीचको नागरिक उड्डयन क्षेत्रमा परस्परको सहयोग र समन्वयमा जोड दिनुका साथै प्राविधिक सहयोगका विषयमा कुराकानी भएको थियो ।

निगमसँग हाल अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाज छन् । यी चारवटै जहाज निगमले फ्रान्सको एयरबस कम्पनीबाट खरिद गरेको हो ।

निगमले विसं २०७१ मा दुई थान न्यारोबडी र २०७५ मा २८० सिट क्षमताका दुई थान न्यारोबडी जहाज काठमाडौँ भित्र्याइएको थियो । निगमले हाल भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । युरोपका अन्य देशसहित फ्रान्सको टुलुसमा एयरबसको उत्पादन गर्ने कारखाना रहेको छ ।

निगमको अन्तरराष्ट्रिय गन्तव्यका आधार वाइडबडी जहाज फ्रान्सको एयरबस कम्पनीबाटै खरिद गरिएको हुनाले उक्त जहाजको उडानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्राविधिक सहयोग उपलब्ध गराउने राजदूतको प्रतिबद्धता थियो ।

फ्रान्सका राजदूतले निगमको कार्यालयमा पुगेर गरेको छलफल आफैमा निगमको प्रगति विषय भएको र यो निगमका लागि गौरवको विषय पनि भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : ०६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार