अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग | Khabarhub Khabarhub

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ ।

आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले तत्काल संसद अधिवेशन बोलाउन सरकारसमक्ष माग गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार कांग्रेस पदाधिकारी बैठकले सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन समेत माग गर्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकबारे जानकारी दिँदै प्रवक्ता शर्माले भने,‘संसदको अधिवेशन बोलाउन सरकारसमक्ष माग गर्ने निर्णय भयो । त्यसबाहेक सरकारले जारी गरेको अध्यादेश समेत फिर्ता लिन माग गर्ने निर्णय भयो ।’ कांग्रेसले अध्यादेशार्फत कुनै निर्णय भए त्यो मान्य नहुने निर्णय समेत गरेको छ ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम