यसरी घरभित्रै बनाउनुहोस् गुलाफ जल | Khabarhub Khabarhub

यसरी घरभित्रै बनाउनुहोस् गुलाफ जल


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलाफको फूल जहाँ पनि सहजै फुल्ने फूल मध्ये एक हो । यसले बगैँचाको सुन्दरता बढाँउछ । तर गुलाफको सुन्दरता बाहेक अन्य उपयोगिता समेत छन् ।

गुलाफको जल बनाएर अनुहार तथा केसमा प्रयोग गरे यसले ब्यक्तित्वमा निखार ल्याउनुका साथै अनुहारको सुन्दरता र चमक बढाउँछ । यसले छालाको पीएचको स्तर सन्तुलन राख्नुको साथै छालालाई समेत सफा पार्दछ ।

No description available.

गुलाफ जल बनाउने तरीका

आवश्यक सामाग्री : गुलाफको फूल, पानी र बरफ

विधी
– बगैँचा वा बजारबाट गुलाफको फूल ल्याउने ।
– एउटा ठुलो भाँडामा कचौरा अडिने गरी समतल सफा ढुंगा राख्नुहोस् ।
– त्यस भाँडामा आधा लिटर पानीमा १ सय वटा गुलाफको सफा पत्र राख्नुहोस् ।
– अब त्यस भित्र मज्जाले अडिने गरी ढुंगामाथि पानीले नडुब्ने गरी कचौरा राख्नुहोस् ।
– अब यसलाई आगोमा बसालेर माथिबाट हावा लिक नहुने गरी छोप्नुहोस् ।
– छोपीएको भाँडामाथि बरफका २० वटा जति टुक्रा राख्नुहोस् ।
– पानीमा उम्लेको गुलाफको पत्र छोपिएको ढक्कनमा ठोक्किएर कचौरामा जम्मा हुन्छ ।
– त्यही नै गुलाफ जल हो । यसलाई चिसो हुन दिएर प्रयोग गर्नुहोस् ।

No description available.

गुलाफ जलको फाइदा
१. गुलाफ जलले छालालाई स्वस्थ्य बनाउन सकिन्छ ।
२. गुलाफ जलमा कपास डुबाएर अनुहारमा लगाएमा छालाको फोहोर मैला निस्कन्छ ।
३. नरिवलको तेल गुलाफ जल मिसाएर लगाएमा कपाल नरम, मुलायम र चम्किलो हुन्छ ।
३. कुनैपनि घाउमा गुलाफ जल लगाएमा यसले औषधीमा लाभ पुर्याउँछ ।

No description available.

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०८ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा