निषेधाज्ञा कडाइ गर्न वीरगन्जमा सेना परिचालन | Khabarhub Khabarhub

निषेधाज्ञा कडाइ गर्न वीरगन्जमा सेना परिचालन


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालनाका लागि पर्सामा सेना परिचालन गरिएको छ ।

निषेधाज्ञाको २२ औं दिनमा स्थानीय प्रशासनले पर्साको वीरगन्जमा सेना परिचालन गरेको हो।

निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न साउन ३२ देखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनाएका छन् ।

कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि वीरगन्ज महानगरपालिका क्षेत्रभरी र साउन १८ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पर्सा जिल्लाभरि निषेधाज्ञा लागू गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सूचना-

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ११ : १९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड