तैमुरको यो बानीले वाक्क हुन्छिन् करीना | Khabarhub Khabarhub

तैमुरको यो बानीले वाक्क हुन्छिन् करीना


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – करीना कपूर खान दोस्रो बच्चाकी आमा बन्दैछिन् । हालै सैफ अली खानले यसबारेमा फ्यानलाई जानकारी दिएका थिए ।

करीनाले पनि हालै एक अन्तर्वार्ताका क्रममा आफ्नो मातृत्वका बारेमा शेयर गरेकी थिइन् ।

करीनाले अन्तर्वार्तामा तैमुरसँगको सम्बन्धका बारेमा बताएकी थिइन् । उनले अन्तर्वार्ताका क्रममा कहिलेकाहीँ त छोरा तैमुरका कारणले आफूले धैर्यता गुमाउने गरेको पनि बताएकी थिइन् ।

करीनाले भनिन्, ‘तैमुर अब साढे ३ वर्षको भइसक्यो, अब उसलाई के मीठो लाग्छ भन्ने बुझिसकेको छ, उसले यो खान्छु र यो खान्न भन्छ, कहिलेकाहीँ त मलाई रिस पनि उठ्छ ।’

उनले कहिलेकाहीँ तैमुरले खान नमान्ने कारण आफूलाई रिस उठ्ने बताइन् । ‘मैले भन्ने गर्छु, तिम्ले पराठा नै खानुपर्छ, अरु कुनै दोस्रो विकल्प छैन,’ उनले भनिन् ।

तैमुरलाई खाना खुवाउनु पनि अहिले एकजनाको काम बनेको उनले बताएकी छिन् ।

‘मैले बच्चाको धेरै ख्याल गर्छु, अहिले मैले पनि धेरै सिकिरहेकी छु, तेमुरले पनि कहिलेकाहीँ मलाई सिकाउँछ कि म कस्ती आमा बन्नुपर्ने छ,’ करीना भन्छिन् ।

आजभोलि करीना फिल्ममा भन्दा बढी परिवारलाई समय दिइरहेकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘गुड न्यूज’ रिलिज भएको थियो ।

अक्षय कुमारको समेत अभिनय रहेको यो फिल्म बक्स अफिसमा हिट भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १ : ३२ बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको